सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य बढ्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दा चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने बढेर प्रतितोला चार हजार ३८० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव, विनिमय दर र बजार मागअनुसार स्थानीय बजारमा पनि दैनिक रूपमा मूल्य समायोजन हुँदै आएको महासंघले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आईपीओमा जानुअघि जलविद्युत् कम्पनीले सेबोनलाई कति परीक्षा दिनुपर्ने?
-
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा, सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने
-
नदीको अधिकार
-
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
-
सिक्टा सिँचाइले सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन थाल्यो
-
१८० मेगावाटको कालीगण्डकी ‘गर्ज’ जलविद्युत्को अडिट सुरुङ निर्माण सुरु