सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको मूल्य तीन हजार एक सय र चाँदी ४० रुपैयाँले घट्यो

जलसरोकार
आइतबार, भदौ २१, २०८३ | ११:१०:२३ बजे

 

काठमाडौँ : नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन सुन प्रतितोला तीन हजार एक सय रुपैयाँ र चाँदी ४० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार चार सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यसअनुसार एकैदिन सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, भदौ २१, २०८३ | ११:१०:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया