सुनको मूल्य तोलामा १६०० ले बढ्यो
जलसरोकार
काठमाडौँ,: अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।
गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा रु एक हजार ६०० ले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५५ हजार ७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मेची भन्सारमा पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी राजस्व सङ्कलन
-
आज देशभर मौसम प्रायः सफा, घाम लाग्ने
-
नेप्से दोहोरो अंकले ओरालो, कारोबार रकम पनि घट्यो
-
निजी क्षेत्रमार्फत प्रसारण लाइन विस्तारको बाटो खुल्यो
-
भारी वर्षापछि क्षतिग्रस्त सडक र पुल मर्मतका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित
-
सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी सुविधा