सुनको मूल्यमा ३ हजार ८०० रुपैयाँको वृद्धी, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ : मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो। यस अनुसार सुनको मूल्यमा ३ हजार ८०० रुपैयाँको वृद्धी भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको मूल्य ५ हजार ४१० रुपैयाँको तुलनामा ३१० रुपैयाँले बढेको हो।
विशेषज्ञहरूका अनुसार, सुन र चाँदीको मूल्यमा यो वृद्धि विश्व बजारमा मूल्य वृद्धिको प्रभाव र स्थानीय माग–आपूर्तिको सन्तुलनसँग सम्बन्धित रहेको बताइन्छ।
यस वृद्धिले सुन र चाँदीको किनबेच गर्ने व्यवसायी र उपभोक्ताको निर्णयमा असर पार्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?