सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन तोलामा ३५ सय र चाँदी सय रुपैयाँले बढ्यो

जलसरोकार
मंगलबार, भदौ २३, २०८३ | ११:०२:३४ बजे

 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला चार हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

यसअनुसार एक दिनमै सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : मंगलबार, भदौ २३, २०८३ | ११:०२:३४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया