सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।
महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला चार हजार ३७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला तीन दिनदेखि नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढाव र विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित हुने गरेको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै