एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं: शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य यसअघि बनेको उच्चतम रेकर्ड नजिक पुगेको छ । असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको हालसम्मकै उच्च रेकर्ड रहेको छ ।
चाँदीको मूल्य पनि लगातार उक्लिरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिनको तुलनामा चाँदी १०० रुपैयाँले महँगो भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना