सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

जलसरोकार
सोमबार, असोज ०५, २०८३ | ११:३२:४५ बजे

 

काठमाडौं : असोज ५ गते सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

यसअनुसार एक दिनमा सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य भने बढेको छ ।

प्रकाशित मिति : सोमबार, असोज ०५, २०८३ | ११:३२:४५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया