सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको मूल्य एकैदिन ८ हजार ८०० रुपैयाँले घट्यो, तीन लाखभन्दा तल झर्‍यो

जलसरोकार
बुधबार, भदौ १७, २०८३ | ११:३६:०१ बजे

 

काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुन प्रतितोला ८ हजार ८०० रुपैयाँ र चाँदी १८५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

एकैदिन ८ हजार ८०० रुपैयाँले घटेपछि सुनको मूल्य पुनः तीन लाख रुपैयाँभन्दा तल झरेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला १८५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ थियो ।

यससँगै एकैदिन सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

प्रकाशित मिति : बुधबार, भदौ १७, २०८३ | ११:३६:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया