एकै दिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि ओरालो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा झरेको छ। यससँगै एकै दिन सुनको मूल्य ३ हजार रुपैयाँले घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ५ हजार १३० रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला