हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँमा स्थिर रहेको थियो ।
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन सुनको कारोबार २ लाख ५६ हजार ६ सय रुपैयाँमा भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गतेको रेकर्ड अझै तोडिएको छैन । उक्त दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलरमा कारोबार भइरहेको छ । नेपालमा तिहारको बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म मूल्य समायोजन हुन पाएको थिएन ।
महासंघका अनुसार अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य रेकर्ड तोड्न योगदान पु¥याएको छ ।
अर्कोतर्फ चाँदीको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँ कायम रहेको चाँदी आज ८० रुपैयाँ घटेर ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना