सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा रु १,९०० महँगियो
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला रु एक हजार ९०० र चाँदी प्रतितोला रु ४० ले बढेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार निर्धारण गरेको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार २४० कायम गरिएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार १०० र चाँदी प्रतितोला रु चार हजार २०० मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार ३१ अमेरिकी डलर र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव स्थानीय बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै