सुन र चाँदीको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला तीन लाख १०० रुपैयाँ मा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै एकै दिन सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्यमा निरन्तर परिवर्तन हुँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
६० अर्ब रुपैयाँ निक्षेपमा तान्दै राष्ट्र बैंक
-
सुन र चाँदीको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
किसानका सुझाव लिएर सिक्टा सिँचाइको बाँकी काम अघि बढाउँदै आयोजना
-
चिलिमे उद्धार टोली १५० मिटरभित्र पुगेको श्रीराम न्यौपानेको भनाइ
-
असोजमा पनि घट्यो बैंकको निक्षेप ब्याजदर, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
-
देशभर बदली, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना