बुधबार सुन–चाँदीको भाउमा गिरावट, एकैदनि सुन तोलामा ११ हजार घट्यो
जलसरोकार
काठमाडौं: बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको ३ लाख २८ हजार ६ सय रुपैयाँको तुलनामा ११ हजार रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको जनाइएको छ। यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको भाउमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५४० रुपैयाँमा झरेको छ।
यस गिरावटले सुन र चाँदीको व्यापारमा अस्थिरता बढाएको र उपभोक्ताले बजार नजिकबाट मूल्य अनुगमन गर्नुपर्ने संकेत दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता