सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तीजको दिन घट्यो सुनचाँदीको मूल्य, सुन प्रतितोला ३ लाख १ हजार

जलसरोकार
सोमबार, भदौ २९, २०८३ | १०:५८:४० बजे

 

काठमाडौं : तीजको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो।

अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यससँगै तीजको दिन सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

प्रकाशित मिति : सोमबार, भदौ २९, २०८३ | १०:५८:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया