सुनचाँदीको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भएको छ। बिहीबार पनि दुवै बहुमूल्य धातुको भाउ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले वृद्धि भई तीन लाख दुई हजार आठ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर पाँच हजार दुई सय ५० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार दुई सय २० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव तथा आन्तरिक मागका कारण सुनचाँदीको भाउ निरन्तर बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला