सुन र चाँदी महँगियो, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ४०५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। हाल सुन र चाँदी दुवैको मूल्य उच्च विन्दुनजिक कायम रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै