गोगोराेको ब्याट्री स्वाप स्टेशनसहित जीएक्स २५० स्कुटर सार्वजनिक
जलसरोकार
काठमाडौं । चर्चित ताइवानी ब्याट्री निर्माता कम्पनी गोगोरो नेपाल भित्रिएको छ । नेबुला इनर्जीले गोगोरोको ब्याट्री स्वापिङ टेक्नोलोजीका साथै बीटूबी मोडलको एक स्कुटर नेपाल भित्र्याएको हो ।
ब्याट्री स्वापिङ प्रविधिमा पायोनियर गागोरोले इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्ड मात्र लाग्ने टेक्नोलोजीको विकास गरिसकेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक साहायु गोयलले अहिले काठमाडौंको लाजिम्पाट र त्रिपुरेश्वरमा ब्याट्री स्वाप स्टेशन स्थापना गरिएको जानकारी दिए । भविष्यमा पेट्रोलपम्पकै हाराहारीमा स्वाप स्टेशन निर्माण गर्ने योजना रहेको बताए ।
‘अहिले हामीले कर्पोरेटका लागि मात्र स्कुटर उपलब्ध गराएको छौं । चाँडै रिटेलका लागि स्कुटर ल्याउने तयारीमा लागेका छौं । हामीले काठमाडौं उपत्यकामा पेट्रोलपम्प कै हाराहारीमा स्वाप स्टेशन निर्माण गर्ने लक्ष्य राखेर काम गरिरहेका छौं,’ उनले भने ।
नेपालमा भने ब्याट्री स्वाप स्टेशनको अवधारणा हालसम्म लागू भएको छैन । यो नेपालमा नै पहिलो भएको र यसले नेपाली ग्राहकहरूलाई फाइदा पुग्ने गोगोरका प्रतिनिधिले बताए ।
कम्पनीले बीटूबीका लागि उपर्युक्त हुने गोगोरो जीएक्स २५० स्कुटर सार्वजनिक गरेको छ । यसमा ७ किलोवाट क्षमताको हाइ लोड पावर भएको मोटर उपलब्ध छ । यसमा डेलिभरीका लागि प्रयोग हुने एशोसरिज जडान गन मिल्ने तथा १७० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । यसको लोडिङ क्षमता २०० केजी रहेको कम्पनीले बताएको छ । कम्पनीले हाल यो स्कुटरको मूल्य सार्वजनिक गरेको छैन् ।
नेबुला इनर्जिले फुडमाण्डु, जुमजुम, अलोइ नेपाल र गलि म्याम जस्ता कम्पनीहरूसँग सहकार्य सुरू गरेको छ । उक्त स्कुटर तथा ब्याट्री स्वाप स्टेशन अनावरण कार्यक्रममा ४० यूनिट स्कुटरसमेत हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी