जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

गोगोराेको ब्याट्री स्वाप स्टेशनसहित जीएक्स २५० स्कुटर सार्वजनिक

जलसरोकार
शुक्रबार, वैशाख १४, २०८१ | १८:३५:५१ बजे

 

काठमाडौं । चर्चित ताइवानी ब्याट्री निर्माता कम्पनी गोगोरो नेपाल भित्रिएको छ । नेबुला इनर्जीले गोगोरोको ब्याट्री स्वापिङ टेक्नोलोजीका साथै बीटूबी मोडलको एक स्कुटर नेपाल भित्र्याएको हो ।

ब्याट्री स्वापिङ प्रविधिमा पायोनियर गागोरोले इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्ड मात्र लाग्ने टेक्नोलोजीको विकास गरिसकेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक साहायु गोयलले अहिले काठमाडौंको लाजिम्पाट र त्रिपुरेश्वरमा ब्याट्री स्वाप स्टेशन स्थापना गरिएको जानकारी दिए । भविष्यमा पेट्रोलपम्पकै हाराहारीमा स्वाप स्टेशन निर्माण गर्ने योजना रहेको बताए ।

‘अहिले हामीले कर्पोरेटका लागि मात्र स्कुटर उपलब्ध गराएको छौं । चाँडै रिटेलका लागि स्कुटर ल्याउने तयारीमा लागेका छौं । हामीले काठमाडौं उपत्यकामा पेट्रोलपम्प कै हाराहारीमा स्वाप स्टेशन निर्माण गर्ने लक्ष्य राखेर काम गरिरहेका छौं,’ उनले भने ।

नेपालमा भने ब्याट्री स्वाप स्टेशनको अवधारणा हालसम्म लागू भएको छैन । यो नेपालमा नै पहिलो भएको र यसले नेपाली ग्राहकहरूलाई फाइदा पुग्ने गोगोरका प्रतिनिधिले बताए । 

कम्पनीले बीटूबीका लागि उपर्युक्त हुने गोगोरो जीएक्स २५० स्कुटर सार्वजनिक गरेको छ । यसमा ७ किलोवाट क्षमताको हाइ लोड पावर भएको मोटर उपलब्ध छ । यसमा डेलिभरीका लागि प्रयोग हुने एशोसरिज जडान गन मिल्ने तथा १७० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । यसको लोडिङ क्षमता २०० केजी रहेको कम्पनीले बताएको छ । कम्पनीले हाल यो स्कुटरको मूल्य सार्वजनिक गरेको छैन् ।

नेबुला इनर्जिले फुडमाण्डु, जुमजुम, अलोइ नेपाल र गलि म्याम जस्ता कम्पनीहरूसँग सहकार्य सुरू गरेको छ । उक्त स्कुटर तथा ब्याट्री स्वाप स्टेशन अनावरण कार्यक्रममा ४० यूनिट स्कुटरसमेत हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।

प्रकाशित मिति : शुक्रबार, वैशाख १४, २०८१ | १८:३५:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खबर