ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा दिँदै आएका १७५ कर्मचारी सम्मानित
जलसरोकार
काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा १५ वर्षदेखि बैंकमा सेवा दिँदै आएका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
बैंक र नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरु राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीहरुलाई सम्मान गरेका थिए ।
सम्मान समारोहमा अध्यक्ष ढकालले बैंकको गुणस्तर वृद्धि, मर्जर र व्यवसाय विस्तार, साथै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशीलता बैंकको सफलताको मूल आधार भएको बताउँदै कर्मचारीहरुलाई अझ जिम्मेवार भएर आफ्नो कर्तव्य पालन गर्न आग्रह गरे ।
प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले डिजिटल युग अनुरूप नविनतम् तथा ग्राहकमैत्री सेवा दिने लक्ष्यसहित अगाडि बढेको जानकारी दिए भने नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी वर्षहरुमा ग्राहक सन्तुष्टि र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४–२०२५’, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४–२०२५, र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।
बैंकले ७७ जिल्लामा ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन÷राजस्व काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनमा रेमिट्यान्स सेवासहित नेपाली नागरिकलाई आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता