ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशनबीच हरितगृह कर्जा सहकार्य
जलसरोकार
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलङ्कारिक बोटबिरुवा उत्पादनमा हरितगृह प्रविधि प्रवर्द्धन र सहज कर्जा प्रणाली विकासका लागि समझदारी भएको छ ।
सम्झौतामा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र एसोसिएशनका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकले पुष्प व्यवसायी तथा कृषकलाई लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्नेछ भने एसोसिएशनले आफ्ना सदस्यलाई बैंकका कृषि कर्जा योजनाबारे जानकारी गराउनेछ ।
यस सहकार्यले पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, आधुनिक हरितगृह प्रविधिको प्रयोग, गुणस्तरीय पूर्वाधार विकास तथा जलवायु अनुकूलन अभ्यासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित सेवा केन्द्र र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ तथा रेमिट्यान्स सेवा प्रदान हुँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता