ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमलाई वित्तीय पहुँच बढाउने समझदारी
जलसरोकार
विराटनगर : ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यम तथा व्यवसायलाई वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र डिएआई–उदय परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गर्नुभएको हो । समझदारीपछि कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायले सहज रूपमा कर्जा पाउने र लगानी अभावका कारण विस्तार गर्न नसकेका उद्यमीलाई व्यवसाय विस्तारसँगै रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सम्झौताअनुसार डिएआई–उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरूपमा कर्जा सुविधा प्राप्त गर्नेछन् । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको डिएआई–उदय परियोजनाले प्रदेशका सबै जिल्लामा कार्य गर्दै आएको छ ।
डिएआई–उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायत क्षेत्रमा लगानी र वित्तीय स्रोतमा पहुँच सहज बनाउँदै आएको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान हुँदै आएको छ ।
बैंकले ‘बैंक अफ द इयर’, ‘बेष्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ भने विभिन्न देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपाली अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता