भाषण गर्ने होइन, काम गर्न सक्ने नेतृत्वलाई जिताएर एक पटक मौका दिनुहोस् : अध्यक्ष घिसिङ
जलसरोकार
सिरहा : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण मात्र गर्ने होइन, काम गर्न सक्ने नेतृत्वलाई जिताएर एक पटक मौका दिन मतदातासँग आग्रह गरेका छन् ।
शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकन गर्न पुगेका पूर्वमन्त्री घिसिङले आफू काम गर्ने पात्र भएको दाबी गर्दै जनताको समर्थन आवश्यक रहेको बताए ।
उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू काम गर्ने इच्छाशक्ति र क्षमतासहित राजनीतिमा आएको उल्लेख गरे ।
‘पुराना राजनीतिक शक्तिहरूले कामभन्दा बढी भाषण गरे,’ उनले भने, ‘अब जनताको हितका लागि काम गर्न सक्ने युवा नेतृत्व आवश्यक छ ।’
अध्यक्ष घिसिङले काम नगर्ने र जनतालाई छल्नेहरूको समय सकिएको टिप्पणी गर्दै जनताले परिणाम देखिने राजनीति खोजिरहेको बताए । ‘जो काम गर्छ, उही जनताको प्रिय बन्छ,’ उनले भने, ‘काम गर्ने नै जननेता कहलिन्छ ।’
उनले गुणस्तरीय शिक्षा, कृषि क्रान्ति, सिँचाइ, विद्युतीकरण तथा भौतिक पूर्वाधार विकासलाई पार्टीको प्राथमिकता रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र उकास्ने स्पष्ट योजना आफूसँग रहेको दाबी गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना