घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो, आम्दानी घट्दा दबाब
जलसरोकार
काठमाडौं: घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १६ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा १ करोड ७० लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । विद्युत् बिक्री आम्दानी सामान्य वृद्धि भए पनि अन्य आम्दानी घट्नु र कुल खर्च बढ्नुका कारण नोक्सानी बढेको कम्पनीले जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ६ करोड ७४ लाख रुपैयाँबाट बढेर ६ करोड ९७ लाख रुपैयाँ पुगेको छ। तर अन्य आम्दानी २ करोड २५ लाख रुपैयाँबाट घटेर २१ लाख ९१ हजार रुपैयाँमा सीमित हुँदा कुल आम्दानी ८ करोड ९९ लाख रुपैयाँबाट घटेर ७ करोड १९ लाख रुपैयाँमा झरेको छ ।
उक्त अवधिमा कम्पनीको कुल खर्च भने ८ करोड ६० लाख रुपैयाँबाट बढेर ८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । आम्दानी घट्नु र खर्च बढ्नुको संयुक्त प्रभावले कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो ।
१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष २५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ६५ पैसा कायम रहेको विवरणमा उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु