१९ बुँदे माग पूरा नभए आन्दोलनमा जाने ग्यास उद्योगीको चेतावनी


काठमाडौं: एसपी ग्यास उद्योगीले विभिन्न ११ बुँदे माग अघि सार्दै ती माग पुरा नभए माघ २९बाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । एलपी ग्यास उद्योगीहरुको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले बिहिबार ललितपुरमा पत्रकार सम्मेलन गरी आफ्ना मागबारे जानकारी गराएका हुन् ।
माघ ११ गतेसम्म संघले अघि सारेका माग पुरा नभए माघ ३० गतेदेहि देशभरका ५९ औ ग्यास उद्योगले नेपाल आयल निगमबाट प्रोडक्टर डेलिभरी अर्डर (पीडीओ) खरीद नगर्ने संघका अध्यक्ष शिवप्रसाद धिकिरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आन्दोलनअन्तरगत फागुन १ देखि ५ गतेसम्म सबै ग्यास उद्योगले विरोधका कार्यक्रम प्रचारप्रसार गरी सरोकारवाला निकाय राजनीतिक दल उपभोक्ता अधिकारवादी संस्था, ग्यास विक्रिेता संगठन र आम उपभोक्तालाई जानकारी गराउने र फगुन ६ गतेदेखि इन्डियन आयल कर्पेरेसनबाट नेपालका लागि एलपी ग्यासको बुलेट लोड नगाउने बताए ।
१. २०८१ साल माघ ३० गते बुधबार देखि देश भरका ५९ वटै एल.पी. ग्याँस उद्योगहरुले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर (ए।म्।इ) खरिद नगर्ने नगराउने ।
२. २०८१ फाल्गुण १ गते बिहिबार देखि २०८१ फाल्गुण ५ गते सोमबार सम्म सबै ग्याँस उद्योगहरुले बिरोधका कार्यक्रमहरु बारे स्थानीय सबै संघ संस्था संचार माध्यमहरु मार्फत र केनद्रमा नेपाल एल.पी. ग्याँस उद्योग संघले प्रचार प्रसार गर्ने र सरकारका सबै सरोकार वाला निकाय राजनीतिक दल उपभोक्ता बादी संघ संस्था ग्याँस बिक्रेता संघ संगठन तथा अन्य पेट्रोलियम क्षेत्रका संघ संस्थाहरु संचार माध्यम मार्फत आम उपभोक्ताहरुलाई जानकारी गराउने ।
३. २०८१ फाल्गुण ६ गते मंगलबार देखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एल.पी. ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने।
४. २०८१ फाल्गुण १२ गते सोमबार देखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरु कुनै पनि भन्सार नाका बाट नछुटाउने ।
५. २०८१ फाल्गुण १८ गते आइतबार देखि सबै नेपालका ५९ उद्योगहरु जायज मागहरु सम्बोधन नभएमा अनिश्चित कालिन बन्द गर्ने ।
६. २०८१ फाल्गुण २२ गते सनिबार देखि देश भरका ग्याँस बिक्रेता डिपोहरुले सम्पूर्ण बन्द गरिदिन अनुरोध गर्ने ।





लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्रीले आफूखुशी हदम्याद बढाएकाले प्रशासकीय पुनरावलोकन समिति आफैमा ‘अवैध’, यादवबाहेक कसैले पनि काम नगर्ने लिखित जनाउ
-
आगामी २४ घण्टामा देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना
-
काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जा मन्त्री खड्का
-
समयमै आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी
-
नेपालको जलविद्युत् चक्रव्यूहको दुष्परिणाम
-
सुनको भाउ एक सातामा रु ३२ सयले घट्यो