चिलिमे उद्धारमा सुरुङभित्र थप प्रगति, कडा लेदो र फलामे डन्डीले चुनौती
जलसरोकार
रसुवा : चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार टोलीले केही थप दूरी पार गरेको छ। तर सुरुङभित्र कडा लेदो तथा फलामे डन्डी मिसिएको भग्नावशेष भेटिएपछि उत्खननको काम चुनौतीपूर्ण बनेको छ।
चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराज महर्जनका अनुसार सुरुङभित्रको दूरी केही बढेको भए पनि भेटिएको भग्नावशेष यति कडा छ कि उत्खननमा प्रयोग भइरहेको एक्स्काभेटरलाई समेत त्यसलाई हटाउन कठिन भइरहेको छ। कडा भग्नावशेष हटाउन एक्स्काभेटरकै थप प्रयोग गर्नुपर्ने अवस्था देखिएको उनले बताएका छन्।
उद्धार कार्यलाई निरन्तरता दिन बिदुरबाट थप दुई जना अपरेटर ल्याएर रातिको पालोमा खटाउने तयारी भइरहेको महर्जनले जानकारी दिएका छन्।
यसैबीच, नेपाली सेनाका ब्रिगेडियर जनरल उज्ज्वलविक्रम राणा पनि सुरुङभित्रै पुगेर उद्धार कार्यमा संलग्न रहेको महर्जनले बताएका छन्।
चिलिमे सुरुङभित्र फसेका भनिएका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेना, भारतीय उद्धार टोली तथा आयोजनाका प्राविधिकसहितको टोली निरन्तर प्रयासरत छ। सुरुङभित्रको लेदो, पानी र कडा भग्नावशेषका कारण उद्धारको गति प्रभावित हुँदै आए पनि टोलीले उपलब्ध उपकरण र जनशक्ति प्रयोग गरेर क्रमशः अगाडि बढिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न
-
चिलिमे उद्धारमा सुरुङभित्र थप प्रगति, कडा लेदो र फलामे डन्डीले चुनौती
-
चिलिमे उद्धारमा अर्को आशा : टेलरेसबाट ठूलो मात्रामा सफा पानी बाहिरियो, लेदो पनि सुक्दै