चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
जलसरोकार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधारणमा आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इन्धनको आपूर्ति नियमित रहेको र आसन्न निर्वाचन अवधिभर पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध हुने जानकारी दिनुभएको छ। सोमबार जारी गरिएको सूचनामार्फत उहाँले पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेको स्पष्ट पार्नुभएको छ।
“पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रूपमा भइरहेको छ र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा आयात जारी रहनेछ,” सूचनामा उल्लेख छ।
निगमले अनावश्यक रूपमा जेरी क्यान तथा ड्रममा पेट्रोलियम पदार्थ भण्डारण गर्दा आगजन्य दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्तो कार्य नगर्न चेतावनी दिएको छ। साथै, जोखिम न्यूनीकरणका लागि आवश्यक परिमाणमा मात्र इन्धन खरिद गरी सहयोग गर्न सम्पूर्ण उपभोक्तासमक्ष अनुरोध गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता