नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठककालागि भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौँ आउने
जलसरोकार
१८ पुस, काठमाडौं । नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । सातौँ बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौँ आउने भएका छन् ।
भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन् । विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
‘संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने’, परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीसंगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन् ।
लामो समयदेखि तयारी चलिरहेको संयुक्त आयोगको बैठकका बारेमा नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउने भारतीय विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट समेत कार्यक्रम रहेको छ ।
उनी आयोगको बैठक सकेर शुक्रबार दिल्ली फर्किने कार्यक्रम रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली