राष्ट्र बैंकको निर्देशनपछि निर्वाचन बिदामा पनि बैंकहरू खुल्ने,कुन बैंकले कहाँबाट दिँदैछन् सेवा ? (सूचीसहित)
जलसरोकार
काठमाडाै : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेपनि बैंकिङ सेवा भने पूर्ण रूपमा ठप्प नहुने भएको छ। अत्यावश्यक वित्तीय कारोबारलाई निरन्तरता दिन अधिकांश वाणिज्य बैंकहरूले तोकिएका शाखामार्फत सीमित समयका लागि सेवा उपलब्ध गराउने भएका हुन्।
अर्थतन्त्रका आधारभूत गतिविधि अवरुद्ध नहोस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंकहरूलाई आंशिक रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। विशेषगरी सरकारी राजस्व संकलन, उम्मेदवार तथा राजनीतिक दलका निर्वाचन खर्चसम्बन्धी कारोबार र दैनिक नगद आवश्यकतासँग जोडिएका सेवा बन्द हुँदा समस्या आउन सक्ने भएकाले सेवा सुचारु राख्न राष्ट्र बैंकले आग्रह गरेको हो।
राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये अधिकांशले बिदाका दिन तोकिएका शाखा खुला राख्ने सूचना सार्वजनिक गरिसकेका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले भने हालसम्म सेवा सञ्चालनबारे सार्वजनिक सूचना जारी गरेका छैनन्। सिद्धार्थ बैंकले भने होलिडे काउन्टर बन्द गर्ने जनाएको छ।
नबिल बैंकले सातै प्रदेशका चयनित शाखा सञ्चालन गर्ने जनाएको छ। कोशी प्रदेशमा विराटनगर, बिर्तामोड, धरान, इटहरी र दमक; मधेशमा वीरगन्ज र जनकपुर; गण्डकीमा पोखरा; लुम्बिनीमा बुटवल, भैरहवा र नेपालगञ्ज; सुदूरपश्चिममा धनगढी तथा कर्णालीमा सुर्खेत शाखा खुला रहनेछन्। बागमती प्रदेशमा तीनधारा, ललितपुर, न्युरोड, बिजुलीबजार, कुमारीपाटी, बौद्ध, महाराजगञ्ज, कौशलटार, नारायणगढ र हेटौँडा शाखाबाट सेवा दिइनेछ।
प्रभु बैंकले देशभरका १३ शाखा खुला राख्ने जनाएको छ। बबरमहलस्थित मुख्य कार्यालयसहित जनकपुर, पोखरा (रत्नचोक), इटहरी, कमलादी, विराटनगर, वीरगन्ज, ललितपुर, भक्तपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र थानकोट शाखाबाट सेवा उपलब्ध हुनेछ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि विभिन्न प्रदेशका शाखा खुला राख्ने जनाएको छ। विराटनगर, वीरगन्ज, जनकपुर, दरबारमार्ग, सिपाडोल, पुल्चोक, ठमेल, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट सेवा उपलब्ध हुनेछ।
कृषि विकास बैंकले बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सेवा दिने जनाएको छ। कञ्चनबारी, धरान, बर्दिबास, सिमरा, जोरपाटी, लगनखेल, रत्नपार्क, नारायणगढ, हेटौँडा, पोखरा, पालुङटार, भैरहवा, कोहलपुर, सुर्खेत, धनगढी र दोधाराचाँदनीलगायतका शाखा खुला रहनेछन्।
त्यसैगरी नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले पनि विभिन्न प्रदेशका मुख्य शाखामार्फत सेवा उपलब्ध गराउने सूचना जारी गरेका छन्।
यसरी निर्वाचन बिदाका दिन पनि सीमित शाखामार्फत बैंकिङ सेवा सञ्चालनमा रहने भएपछि अत्यावश्यक आर्थिक कारोबार प्रभावित नहुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रभावित क्षेत्रमा तनहुँ जलविद्युत् आयोजनाका ९२ योजना सम्पन्न, आठ कार्यान्वयनमा
-
बुधबार सुन–चाँदीको भाउमा गिरावट, एकैदनि सुन तोलामा ११ हजार घट्यो
-
चालु वर्षमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना सञ्चालनमा
-
राष्ट्र बैंकको निर्देशनपछि निर्वाचन बिदामा पनि बैंकहरू खुल्ने,कुन बैंकले कहाँबाट दिँदैछन् सेवा ? (सूचीसहित)
-
मौसम पूर्वानुमान : उच्च चापीय प्रणालीको प्रभाव, पहाडी क्षेत्रमा आंशिक बादल
-
निर्वाचन अघिको अन्तिम कारोबार दिन सेयर बजार उच्च अंक बढ्यो, परिसूचक ३८.५२ अंकले बढेर २७१२ विन्दुमा पुग्याे