बाढीले सिप्रिङ खोला जलविद्युत् आयोजनामा क्षति, विद्युत् उत्पादन बन्द
जलसरोकार
काठमाडौं : निरन्तर वर्षापछि आएको बाढीका कारण १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
आयोजनाका अनुसार साउन ५ गते साँझ परेको अविरल वर्षापछि माथिल्लो क्षेत्रबाट आएको बाढी र पहिरोले आयोजनाका केही मेसिन तथा संरचनामा क्षति पुर्याएको हो।
बाढीबाट विद्युत् उत्पादनसँग सम्बन्धित संरचना प्रभावित भएपछि आयोजनाको उत्पादन अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन तथा मर्मतसम्भारको काम अघि बढाइएको आयोजनाले जनाएको छ।
सिप्रिङ खोला जलविद्युत् आयोजना सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको प्रवर्द्धनमा निर्माण भई सञ्चालनमा आएको आयोजना हो। बाढीबाट भएको क्षतिको मूल्यांकन तथा पुनः सञ्चालनको समयावधिबारे अध्ययन भइरहेको जनाइएको छ।
मनसुन सक्रिय भएसँगै जलविद्युत् आयोजनाहरूमा बाढी र पहिरोको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाइएको आयोजनाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै