सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
जलसरोकार
काठमाडौं: जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सोमबार सिंहदरबारमा पहिलो मन्त्रिपरिषद्को बैठक सुरु गरेको छ । केही समयअघिदेखि सुरु भएको बैठकमा सरकारको प्राथमिकता, कार्ययोजना र तत्कालीन चुनौतीहरूबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा तीन मन्त्रीहरूले शपथ लिई पदभार ग्रहण गरेका थिए । कार्की नेतृत्वको मन्त्रिपरिषद्मा पूर्वसचिव रामेश्वर खनाल अर्थमन्त्री, वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्री बनेका छन् ।
सरकार गठनसँगै मन्त्रालयहरूको जिम्मेवारीसमेत तोकिएको छ । गृहमन्त्री अर्यालले गृह मन्त्रालयसँगै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने ऊर्जामन्त्री घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अन्तरिम सरकारले तत्काल युवाका माग सम्बोधन, आगामी निर्वाचनको तयारी, खर्च कटौती, सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।
कार्की नेतृत्वको सरकारप्रति जनतामा नयाँ राजनीतिक संस्कार र पारदर्शितामुखी कार्यशैली देख्ने आशा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार