घुन्सा खोला (७७.५ मेगावाट) मा १८ अर्ब १३ करोड रुपैयाँको वित्तीय व्यवस्थापन


काठमाडौं : ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी निर्माण हुने ७७.५ मे.वा. क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
अनुमानित लागत निर्माण अवधिभरको ब्याज सहित १८ अर्ब १३ करोड रहेको उक्त आयोजनामा वित्तीय व्यबस्थापन स्वपूंजी र ऋण लगानीबाट गरिने छ ।
स्वपूंजी लगानी संस्थागततर्फ नेपाल विद्युत प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत स्वामित्व रहेको यस कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ ।
साधारण शेयर तर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत बैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुको लागि, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई र बाँकी १० प्रतिशत सर्वसाधारणको लागि छुट्याइएको छ भने ऋण लगानी लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा एचआइडीसियल, नागरिक लगानी कोष, एभरेष्ट बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडको संयुक्त लगानीमा हुने गरी आज यस ऋण सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
यस आयोजना निर्माणको लागि निर्माण अवधिको ब्याज सहित ऋण र स्वपूंजीको अनुपात ७०:३० हुनेछ ।
लक्ष्मी सनराइज बैंक लिमिटेड | ५ अर्ब |
एचआइडीसियल | ३ अर्ब |
नागरिक लगानी कोष | २ अर्ब |
माछापुच्छ्रे बैंक लिमिटेड | १.४५ अर्ब |
एभरेष्ट बैंक लिमिटेड | १.२५ अर्ब |
जम्मा रु. | १२.७० अर्ब |
उक्त आयोजना निर्माण सुरु भएको ४ बर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । हालसम्म आयोजना आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने कार्य सम्पन्न भएको छ ।
पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भैसकेको छ ।आयोजनाको निर्माण तथा संचालनको लागि आवश्यक साइट अफिस तथा आवासगृहहरुको निर्माणको लागि ठेकेदार परिचालन भई निर्माण कार्य चालू रहेको छ ।
यस आयोजनाको लागि आवश्यक जग्गा मध्ये करिव ५२ रोपनी जग्गा कम्पनीको नाममा आइसकेको र बाँकी २८० रोपनी जग्गा अधिग्रहणको अन्तिम चरणमा रहेको छ । साथै कंचनजंघा संरक्षण क्षेत्रको करिब २० हेक्टर सार्वजनिक जग्गा lease को प्रक्रियामा रहेको छ ।
आयोजनाको विद्युत गृह तथा आवास गृह सम्मको बाटो तथा तमोर नदीका २ स्थानमा बेली ब्रिज राख्ने कार्य आयोजनाले सम्पन्न भएको छ, साथै निर्माणको लागि आवश्यक पर्ने बिद्युतको प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणले पुर्याएको छ ।
आयोजनाबाट उत्पादित विद्युत उर्जा आयोजनाको विद्युत गृह देखि करिव ३ कि.मी. को दूरीमा राष्ट्रिय प्रासारण ग्रिड कम्पनी लिमिटेड तथा सो क्षेत्रका जलविद्युत आयोजनाहरुबाट सार्वजनिक निजी साझेदारी अन्तर्गत निर्माण गरिने मार्गेन स्थित २२०/१३२ के.भी. तमोर सब-स्टेशन र सो बाट करिव ३२ कि.मी. लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइन मार्फत प्राधिकरणको ढुंगेसाँघु स्थित २२० के.भी. सब-स्टेसनमा जोडिने छ ।
तमोर सब-स्टेसन तथा २२० के.भी डबल सर्किट प्रसारण लाइनको सर्भे, design तथा वातावरणीय अध्ययनको कार्य सम्पन्न भई स्वीकृत भइसकेको छ। सार्वजनिक निजी साझेदारी अन्तर्गत सब-स्टेशन तथा प्रसारण लाइन निर्माण एवं संचालन गर्नेगरी नयाँ कम्पनी दर्ता भैसकेको छ।
यस आयोजनाको निर्माण पश्चात् देशमा आवश्यक उर्जाको आपूर्तिमा योगदान पुग्ने साथै स्थानीय श्रोत र साधनको सदुपयोग भई समग्र देशको आर्थिक एवं सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता