अर्थमन्त्री वाग्लेबाट आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य पूरा गर्न निर्देशन
जलसरोकार
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गर्दै विभागको कार्यसम्पादन, राजस्व संकलनको अवस्था तथा आगामी योजनाबारे जानकारी लिए ।
बिहीबार विभाग पुगेका अर्थमन्त्री वाग्लेले नयाँ बजेटको प्रभावकारी कार्यान्वयन तथा चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको राजस्व संकलन लक्ष्य हासिल गर्न विभागले गरेको तयारीबारे विस्तृत ब्रिफिङ लिएका हुन् ।
सरकारले तय गरेको आर्थिक लक्ष्य प्राप्तिमा राजस्व प्रशासनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले निर्धारित कार्ययोजनाअनुसार समयमै काम अघि बढाउन विभागलाई निर्देशन दिए। साथै कर प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
अनुगमनका क्रममा अर्थमन्त्री वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभागका साथै देशभर रहेका मातहतका कार्यालयका कर्मचारीलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै राजस्व संकलन र सेवा प्रवाहलाई थप सुदृढ बनाउन निर्देशन दिएका थिए ।
उक्त अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना, वर्तमान कर प्रणाली, राजस्व संकलनको अवस्था तथा लक्ष्य हासिल गर्न तयार पारिएका रणनीतिक योजनाबारे प्रस्तुतीकरण गरे । उनले करदाता सेवालाई सहज र प्रभावकारी बनाउने तथा राजस्व चुहावट नियन्त्रणका लागि विभागले गरिरहेका प्रयासबारे पनि जानकारी गराए ।
पछिल्लो समय सरकारले राजस्वको दायरा विस्तार गर्दै लक्ष्यअनुसार राजस्व संकलन गर्नुपर्ने चुनौती सामना गरिरहेका बेला अर्थमन्त्री स्वयं विभाग पुगेर अनुगमन तथा निर्देशनात्मक भूमिका निर्वाह गरेका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै