बजेट कार्यान्वयनमा समयतालिका बनाएर अघि बढ्न अर्थमन्त्री पौडेलको निर्देशन
जलसरोकार
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयका सचिवहरूलाई स्पष्ट कार्ययोजना र समयतालिका बनाएर अघि बढ्न निर्देशन दिएका छन्।
आज अर्थ मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा मन्त्री पौडेलले बजेट कार्यान्वयनमा प्रभावकारिता देखाउन सम्बन्धित निकायहरूलाई सक्रियरूपमा लाग्न आग्रह गरे। "बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले आवश्यक सहयोग गर्नेछ," मन्त्री पौडेलले भने, "तर समयमै ठोस कदम चालेर परिणाम देखाउनु अत्यावश्यक छ।"
बैठकमा उहाँले बजेट कार्यान्वयनसँगै गैरकर राजस्व क्षेत्रको अधिकतम विस्तार गर्नुपर्नेमा विशेष जोड दिए। उहाँका अनुसार, कानुनी प्रावधानभित्र रहेर सम्भावित स्रोतहरूको पहिचान र परिचालनमा मन्त्रालयहरूले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता छ।
अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको गैरकर राजस्व संकलन भएको थियो, जुन कूल राजस्वको १०.९ प्रतिशत हो।
बैठकमा गैरकर राजस्व वृद्धिका लागि थप स्रोतहरू पहिचान गरी कार्यान्वयनमा लैजाने विषयमा पनि छलफल भएको थियो। कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, अन्य मन्त्रालयका सचिवहरू लगायतको उपस्थिति थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा