वित्तीय क्षेत्रका नियामक प्रमुखसँग अर्थमन्त्रीको भेट, आर्थिक स्थायित्व र लगानी वातावरण सुधारमा सहकार्यको छलफल
जलसरोकार
काठमाडौँ, : अर्थ मन्त्रालयमा सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटघाट तथा छलफल भएको छ।
भेटघाटमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसहित वित्तीय क्षेत्रका प्रमुख नियामकहरूको सहभागिता रहेको थियो। नियामक निकायका तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ उपस्थित थिए।
छलफलका क्रममा अर्थमन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न तथा पूँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउने प्रयासमा नियामक निकायहरूले खेलेको भूमिकाको प्रशंसा गरे। आर्थिक सुशासन कायम गर्न नियामक संस्थाहरूको समन्वयात्मक भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे।
उक्त अवसरमा नियामक निकायका प्रमुखहरूले पनि अर्थ मन्त्रालयसँगको सहकार्य सकारात्मक र फलदायी रहेको बताएका थिए । उनीहरूले नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास, वित्तीय अनुशासन कायम राख्न तथा नीति–निर्देशनका लागि अर्थ मन्त्रालयले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका थिए।
छलफलमा वित्तीय प्रणालीको स्थायित्व, लगानी प्रवर्द्धन, पूँजी बजार सुधार र नियामक निकायबीच समन्वय सुदृढ गर्ने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता