तरलता उत्पादनशील क्षेत्रमा लगानी गर्न अर्थमन्त्री खनालको आग्रह
जलसरोकार
काठमाडौं, : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
नागरिक लगानी कोष को ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले हाल ब्याजदर घटेको र वित्तीय प्रणालीमा लगानीयोग्य स्रोत पर्याप्त रहेको अवस्थामा त्यसलाई पूर्वाधार तथा दीर्घकालीन आयोजनामा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए ।
अर्थमन्त्री खनालले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता ठूला परियोजनामा सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत लगानी बढाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँले निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन शीघ्र ल्याउनुपर्ने धारणा राखे ।
उहाँले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धिको दबाब आउन सक्ने चेतावनी दिँदै त्यसका लागि सरकार सजग रहनुपर्ने बताउनुभयो। “अहिले शोधनान्तर र चालु खाता बचतमा छन्, राजस्व पनि बढ्दो छ, धेरै आर्थिक सूचक सुधारोन्मुख छन्,” उनले भने, “अब लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण बनाउनुपर्ने बेला हो।”
सरकारी स्वामित्वका संस्थाहरू प्रायः समस्याग्रस्त हुने गरेको उल्लेख गर्दै उहाँले नागरिक लगानी कोषले भने व्यावसायिक सफलता हासिल गरेको बताए । साथै, नेपाल वायुसेवा निगम मा कोषबाट लगानी गरिएको करिब रु २२ अर्ब ऋण असुलीका लागि नीतिगत समाधान खोज्नुपर्ने पनि उनकाे भनाइ थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?