अर्थमन्त्री खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वसँग भएको छलफल
जलसरोकार
काठमाडौँ, : अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रले पुर्याएको सहयोग र पृष्ठपोषणप्रति आभार व्यक्त गरेका छन् ।
अर्थ मन्त्रालयमा आज निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वसँग भएको छलफलमा अर्थमन्त्री खनालले निजी क्षेत्रसँगको सहकार्यले अर्थतन्त्र सुधारका प्रयासलाई बल पुगेको बताए ।
“अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा निजी क्षेत्रले पुर्याएको सहयोग र पृष्ठपोषणका लागि म हार्दिक आभार व्यक्त गर्दछु,” उनले भने, “हामीले साझा प्रयासबाट व्यावसायिक वातावरण सुधार गर्ने दिशामा महत्वपूर्ण काम गर्न सकेका छौँ।”
उनका अनुसार कार्यकालको प्रारम्भिक चरणमा २०८२ भदौ २३ र २४ मा भएको आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र खस्किएको निजी क्षेत्रको मनोबल उठाउनु प्रमुख चुनौती थियो। “सबै पक्षको सहकार्यबाट ती समस्या समाधान हुँदै हाल व्यवसायिक वातावरणमा सुधार आएको छ,” उनले उल्लेख गरे ।
अर्थमन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न, घरेलु उद्योगको संरक्षण गर्दै निर्यात प्रवर्द्धन गर्न तथा पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउने दिशामा विभिन्न सुझावका आधारमा केही नीतिगत सुधार अघि बढाइएको बताए ।
“वर्तमान परिस्थितिका कारण अर्थ मन्त्रालयबाट सम्पन्न हुन बाँकी रहेका केही काम आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गर्नेछु,” उनले भनेऽ ।
उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ तथा नेपाल उद्योग व्यापार महासंघका नेतृत्व सहभागी थिए । उनीहरूले अर्थमन्त्री खनालले निजी क्षेत्रले उठाएका विषयमा देखाएको चासो तथा माग सम्बोधनका प्रयासप्रति धन्यवाद व्यक्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता