नेपालमा केही छैन भन्ने गलत भाष्य चिर्नुपर्छ : अध्यक्ष ढकाल
जलसरोकार
रुपन्देही: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ढकालले भने, ‘नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु छन्, ती सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ ।’
यहाँको स्रोत साधनलाई उपयोग गरेर पर्याप्त अर्थोपार्जन गर्न सकिने बताउँदै उनले यहाँका वस्तुलाई ब्राण्डिङ मात्रै गर्नसक्ने हो भने पनि निर्यातका लागि कुनै समस्या नहुने भनाई राखे । नेपालमा प्राकृतिक स्राेत साधनको प्रचूर सम्भावना रहेको बताउँदै त्यसलाई क्यापिटलाइज (पूँजीकरण) गर्नुपर्नेमा जोड दिए ।
उनले यहाँ भएका स्रोत-साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रशस्त सिर्जना गर्न सकिने बताउँदै लगानीकर्तालाई त्यसतर्फ आकर्षित गर्नुपर्ने भनाई राखे ।
अध्यक्ष ढकालले नेपान उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुको मागअनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसँगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानको लागि अवसर सिर्जना गरेको दाबी गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी आयोजनालाई अघि बढाउने सरकारकाे पहल सकारात्मक : डा. भट्टराई
-
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
-
घट्यो सुन र चाँदीको मुल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन मूल्य वृद्धि फिर्ता लिन कुलमान उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग
-
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ वैशाख १६ देखि खुल्ने, सर्वसाधारणलाई १७.४३ लाख कित्ता प्रस्ताव
-
सोलुखुम्बुमा ११० मेगावाटको ‘दुधकोशी पाँचौँ’ आयोजना बन्दै