मेला, महोत्सवले आर्थिक र पर्यटन विकासमा योगदान पुर्याउँछ :अध्यक्ष ढकाल
जलसरोकार
बाँके ः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मेला–महोत्सवको आयोजनाले आर्थिक गतिविधि विस्तारसँगै पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
बाँकेको कोहलपुरमा बुधबारदेखि सुरु भएको कोहलपुर महोत्सव २०८२ को उद्घाटन गर्दै अध्यक्ष ढकालले देशभर सञ्चालन हुने यस्ता मेला–महोत्सवले सम्बन्धित क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा उल्लेख्य भूमिका खेल्ने दाबी गरे ।
उनले कोहलपुर महोत्सवले बाँके जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे । प्रतिकूल मौसमका बाबजुद कोहलपुर उद्योग वाणिज्य सङ्घको विशेष आग्रहमा महासङ्घका केन्द्रीय पदाधिकारीसहित आफू कोहलपुर आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महोत्सवप्रति देखिएको उत्साहले आफू हर्षित भएको बताए ।
कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानीमैत्री वातावरण निर्माण र उद्यमशीलता प्रवद्र्धनमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
कार्यक्रममा पूर्वमन्त्री महेश्वर गहतराजले कोहलपुर महोत्सव कोहलपुरवासीका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय पहिचान र विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवले कोहलपुरलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न टेवा पुर्याउने धारणा व्यक्त गरे । उनका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना तथा कोहलपुर नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग गर्नेछ ।
महोत्सव उद्घाटनअघि कोहलपुर क्षेत्रमा विभिन्न मौलिक संस्कृति झल्काउने झाँकी प्रदर्शन तथा सांस्कृतिक र्याली आयोजना गरिएको थियो । कोहलपुर चौराहाबाट सुरु भएको झाँकीसहितको र्यालीमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।
विसं २०६५ देखि निरन्तर सञ्चालन हुँदै आएको कोहलपुर महोत्सव यस वर्ष सातौँ संस्करणका रूपमा आयोजना गरिएको हो । महोत्सवमा कूल ३०० वटा प्रदर्शनी कक्ष राखिएका छन्, जसमा २५० व्यावसायिक, २२ होटल, १५ प्रवद्र्धनात्मक, १० विषयगत प्रदर्शनी तथा थारू गाउँ विशेष आकर्षणका रूपमा समावेश गरिएको आयोजकले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार