नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा इन्जिनियर रतनबहादुर ऐर नियुक्त
जलसरोकार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन् । प्राधिकरणको अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार (पुस १६ गते) बसेको बोर्डको बैठकले सञ्चालक सदस्यको रिक्त पदमा ऐरलाई ४ वर्षका लागि अमरगढी नगरपालिका–४ डडेल्धुराका इन्जिनियर रतनबहादुर ऐर नियुक्त गरेको हो ।
विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैर सरकारी व्यक्तिहरूमध्येबाट ऐरलाई नियुक्त गरिएको जनाइएको छ । सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी अवधि काम गरेको अनुभव छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारले एक महिनामा उठायो रु २३ अर्ब ४६ करोड राजस्व
-
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक