ऊर्जा सचिव आचार्यले दूधकोसीका सीइओविरुद्ध एडीबीका निर्देशकसँग गरे ‘खुराफात’
जलसरोकार
काठमाडौं : ऊर्जा सचिव सुरेश आचार्यले दूधकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई तत्काल पदबाट हटाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई चिठी काट्दा पनि नसकेपछि एसियाली विकास बैंक (एडीबी) का उच्च पदाधिकारीसित ‘खुराफात’ गरेका छन् ।
एडीबीले दूधकोसी (६७० मेगावाट, जलाशययुक्त) मा लगानी गर्न अन्तिम गृहकार्य गरिरहेको छ । सोही क्रममा नेपाल आएका बखत अस्ति बिहीबार औपचारिक छलफलमा एडीबीका निर्देशक ब्रुसलाई सीइओ गुरुङका विरुद्धमा अनर्गल ‘खुराफात’ गरेका हुन् ।
उक्त बैठकमा ऊर्जा मन्त्रालयका सहसचिव जीवछ मण्डलले पनि सचिव आचार्यको भनाईमा होमा हो मिलाएका थिए । ऊर्जा सचिव र सहसचिवका कुराले एडीबीका पदाधिकारीहरुले आफूहरु निराश भएको गुरुङलाई बताएका थिए ।
‘सचिवज्यूले मेरोबारेमा अत्यन्त नकारात्मक कुरा एडीबीका निर्देशकसित गर्नुभएको रहेछ,’ गुरुङले भने, ‘उहाँहरु (एडीबी) का पदाधिकारीहरु यसबाट आफूहरु निराश बनेको बताए ।’
सीइओ गुरुङले दूधकोशीको वित्तीय व्यवस्थापनका लागि रातदिन नभनी खटिरहेका बखत सचिव आचार्यले देशकै बेइज्ज्त हुने गरी आफ्नो तुच्छपन देखाएका हुन् ।
सचिव आचार्यले गत बिहीबार सचिवस्तरीय निर्णय गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दूधकोसीको सीइओबाट गुरुङलाई हटाउन पत्राचार गरेका थिए । यसअघि पनि ऊर्जा मन्त्री दीपक खड्काले गुरुङलाई दूधकोसीबाट हटाउन कार्यकारी निर्देशक घिसिङलाई पटक–पटक दबाब दिंदै आएका थिए ।

तर कार्यकारी निर्देशक घिसिङले मन्त्रीको दबाब नमानी गुरुङलाई निरन्तरता दिंदै आएका छन् । त्यही रनाहामा ऊर्जा सचिव आचार्यले उक्त गैरकानुनी पत्राचार गरेका हुन् । प्राधिकरणका कर्मचारीलाई मन्त्रालयले सरुवा/बढुवा गर्न पाउँदैन ।
माथिल्लो तामाकोसी (४५६ मेगावाट) सफलतापूर्वक निर्माण सम्पन्न गरेका गुरुङलाई कार्यकारी निर्देशक घिसिङले दूधकोसीको सीइओमा नियुक्त गरेका थिए ।
गुरुङ दूधकोसीमा आएपछि उनले वित्तीय व्यवस्थापनका लागि एडीबीको मिसनसँग साइटमा रातदिन खटेर अन्तिम चरणमा पुर्याएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १९.७० अंकले बढ्यो, कारोबार रकम भने घट्यो
-
नोटबन्दीको चर्चा बीच अर्थमन्त्री वाग्लेकाे स्पष्टिकरण : भ्रष्टाचार नियन्त्रणकाे विकल्प नोटबन्दी होइन
-
आगामी बजेटलाई परिणाममुखी बनाउन योजना आयोगको ‘चेकलिस्ट’, मन्त्रालयसँग प्रारम्भिक छलफल सुरु
-
सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
चट्याङपछि अवरुद्ध विद्युत् सेवा पुनः सुचारु
-
एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुल्ने