सेवा प्रवाह प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन
जलसरोकार
काठमाडौँ,: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्च नेतृत्वलाई निर्देशन दिँदै उनले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिँचाइ प्रणाली विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक रहेको उल्लेख गरे ।
उनले मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृति विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता, इमानदारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै मन्त्री श्रेष्ठले आगामी दिनमा देखिएका चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गरी मन्त्रालयको कार्यक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता