ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।
भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको आएको विनाशकारी बाढीले विद्युत पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
भोटेकोशी बाढीले एक दर्जन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षति भएको छ । घटनापछि सरकारको तर्फबाट ऊर्जा मन्त्रालयले गरेका कार्यहरु र अबको कार्ययोजनाबारे मन्त्री श्रेष्ठले प्रतिनिधिसभालाई जानकारी दिने प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताए ।
उनकाअनुसार सम्बोधनका लागि मन्त्री श्रेष्ठले सभामुख डोलप्रसाद अर्यालसँग समय लिइसकेका छन् ।
प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्दैछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको दोस्रो कारोबार दिन नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
कोरलाबाट २० दिनमै साढे दुई अर्बकाे राजस्व सङ्कलन
-
नागरिक लगानी कोषको लगानी पारदर्शी र प्रतिफलमुखी बनाउछाैँ : अर्थमन्त्री वाग्ले
-
बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जलविद्युत्को आईपीओमा २ प्रतिशत हिस्सा
-
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने
-
बाढीपछि विद्युत् प्रणालीको विश्वसनीयता जोगाउने जिम्मा श्रेष्ठको काँधमा