ऊर्जामन्त्री खड्काको अभिव्यक्तिमा सत्तापक्षकै आपत्ती
जलसरोकार
काठमाडौँ : नेकपा एमालेका सांसद ठाकुर गेरैले ऊर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खड्काको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन् ।
‘मैले दुई पटक सुनेँ– हाम्रो उर्जामन्त्रीले नेपालमा लोडसेडिङ नहुने कुराको जस भारतलाई दिनुपर्छ । हिजो पनि त्यही सुँने,’ सांसद गैरेले बिहीबार प्रतिनिधि सभाको बैठकमा भने ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ऊर्जामन्त्री खड्काले नेपालमा लोडसेडिङ हुने अवस्था रहेको बताएका थिए । नेपालमा विगतका लोडसेडिङ अन्त्य हुने विषयको जस पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई नभएर छिमेकी मुलुक भारतलाई दिनुपर्ने बताएका थिए ।
ऊर्जामन्त्रीको यस्तो अभिव्यक्तिप्रति सांसद गैरेले प्रतिनिधि सभामा असन्तुष्टि जनाएका हुन् । भारतले विद्युत दिएका कारण नेपालमा लोडसेडिङ हटेको तर्कप्रति गैरेको जवाफ छ, ‘नेपालको बिजुली भारतले किन्छ । भारतको विजुली नेपालले किन्छ यो ब्यापारको विषय हो ।’
नेपालीहरूले मेहनत गरेर लामो समयपछि नेपालका निजी उद्यमीहरूले, नेपाल सरकारले लगानी गरेर विद्युत उत्पादन गरेको उल्लेख गर्दै उनले उत्पादित विद्युतको खपत बढाउनुपर्ने बताए । वर्षाको समयमा भने नेपालमा उत्पादित विद्युत खेर जाने अवस्था विद्ययमान रहेको पनि उनले स्मरण गरे ।
यो अवस्थामा ऊर्जामन्त्री खड्काले लोडसेडिङ हुन्छ भनेको विषय उठाउँदै सांसद गैरेले सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘एकातिर मन्त्रीज्यू भन्नुहुन्छ– लोडसेडिङ हुन्छ, लोडसेडिङसुरु भयो । अर्कोतिर नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख भन्नुहुन्छ– लोडसेडिङ छैन, हुँदैन, ढुक्क हुनुस्’ गैरेको प्रश्न छ, ‘यो खालको अन्योलता, एउटै सरकारबाट एउटै देशभित्र यो खालका समाचारले दिन खोजेको सन्देश के हो ?’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना