साञ्जेनले कर्मचारी सञ्चय कोषसँग सन् २०११ मा गरेको सम्झौताअनुसार पाँच अर्ब रुपैयाँ ऋण लिएको थियो । गत असार मसान्तसम्म ब्याजसहित ऋण ९ अर्ब रुपैयाँ पुगेको छ । उक्त ब्याजलाई पुँजीकरण गरिएको छ ।
सुरुको अनुमानित लागत ७ अर्ब ३५ करोड रुपैयाँ (निर्माण अवधिको ब्याज वाहेक) रहेकोमा हाल यसको लागत ९ अर्ब २० करोड रुपैयाँ (निर्माण अवधिको ब्याज वाहेक) पुगेको कम्पनीले जनाएको छ ।
विविध कारण समय लम्विदा प्रशासनिक खर्च, विदेशी विनिमय दरमा भएको वृद्धि, ठेक्का सम्झौता बमोजिमको मूल्य समायोजन, परामर्शदाताको परामर्शसेवा खर्च, कमजोर भौगर्भिक अवस्था लगायतका कारण निर्माणअवधिको लागतमा वृद्धि भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले बताए ।
उक्त लागत अनुमान बमोजिम दुवै आयोजना (माथिल्लो साञ्जेन १४.८समेत) को प्रतिमेगावाट लागत २२.५० करोड हुने देखिएको छ ।
देशको जलविद्युत उत्पादनमा योगदान गरेको कर्मचारी सञ्चय कोषले सकारात्मक योगदान गर्न समय सापेक्ष ब्याजदर नीतिमा पुनरावलोकन गर्न जरुरी देखिएको छ ।
सान्जेन (४२.५ मेगावाट) को सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ हिजो शुक्रबारदिख परीक्षण उत्पादन शुरु गरी चिलिमे त्रिशुली २२० के भि प्रशारणलाइनमा जडान गरिएको छ । बाँकी २ युनिटको परीक्षण भोलि आइतबार सम्पन्न गरी ४२.५ मे. वा. विद्युत राष्ट्रिय विद्युत प्रणालीमा प्रवाह गरिने सिंहले बताए ।
उनका अनुसार आगामी मंसिर २६ गते भित्र व्यापारिक उत्पादन शुरु गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत विक्री सम्झौताबमोजिम बिक्री गरिने प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिए ।
यसबाट हिउँदमा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान गर्न मद्दत पुग्ने देखिएको छ । यी आयोजनाहरू क्यासकेडमा आधारित भएकोले पानी सञ्चय गर्ने पोखरी एउटै रहेको छ ।
सान्जेन जलविद्युत कम्पनी लिमिटेडमार्फत निर्माण भएको पिकिङ्ग रन अफ दि रिभर किसिमको दुर्इ आयोजना मध्ये सान्जेन (माथिल्लो) जलविद्युत् (१४.८ मे.वा.) आयोजना एकवर्ष अगाडि नै अर्थात गत २०८० भाद्रमसान्त मै सम्पन्न भएकोमा उक्त आयोजनाबाट उत्पादित विद्युत शक्ति चिलिमे- त्रिशुली २२० के. भि. प्रशारणलाइन निर्माण सम्पन्नको पर्खाइमा रहेको थियो ।
उक्त आयोजनाबाट उत्पादित विद्युत शक्ति प्रवाह गर्नका लागि कम्पनीको आफ्नै स्रोतसाधनमा छ किलोमिटर ११ के.भि. डवल सर्किट प्रशारणलाइन तथा १३२/११ के भि सवस्टेशन तत्काल निर्माण कार्य सम्पन्न गरी चिलिमे त्रिशुली ६६ के भि प्रशारणलाइन मार्फत करिव ८.५ मे वा विद्युत शक्ति वैकल्पिक रुपमा विक्री गरिदै आएको थियो । हालसम्म करिव ३० करोड आम्दानी समेत भइसकेको कम्पनीले जनाएको छ ।
सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाको हेडवर्क्समा थप एक ४४ हजार घनमिटर क्षमताको ७० मिनट सम्म पिकिङ्ग इनर्जि उपलब्ध हुन सक्ने गरी राष्ट्रिय विद्युत प्रणालीलाइ सहज गर्न सकिने गरी पिकिङ्ग पण्डको निर्माण गरिएको छ ।
उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप विजुली उत्पादन गरि राष्ट्रिय विद्युत प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने सिंहले जानकारी दिए । उक्त पिकिङ्ग पण्डका कारण आयोजना मर्मत सम्भार गर्न र इमर्जेन्सी व्रेकडाउनमा समेत पावरहाउस सञ्चालन गर्न सकिने पनि उनले बताए ।
नेपालमा भएका क्यासकेड आयोजना मध्ये EDV (Energy Disapeting Valve) जडान गरी माथिल्लो आयोजना मर्मत सम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना रहेको कम्पनी सचिव घनश्याम श्रेष्ठले बताए ।
जर्मनीमा निर्माण भएको उक्त EDV को कारण कम्पनीलाई आयोजना मर्मत सम्भारका कारण हुने नोक्सानीलार्इ कम गर्न सकिने श्रेष्ठले उल्लेख गरे । सोही विशेषताका कारण काठमाण्डौ विश्वविद्यालयले उक्त आयोजनाको Model आफ्नो परिक्षण ल्यावमा मोडेल आयोजनाको रुपमा सञ्चालन गरेको छ ।
आयोजनाको सिभिल निर्माण कार्य ECI-Bajraguru CPL J/V, इलेक्ट्रोमेकानिकल कार्य चिनिया कम्पनी Dongfang Eletric International Corporation ले गरेको हो भने हाइड्रोमेकानिकल निर्माण कार्य स्वदेशी कम्पनि Nepal Hydro Electric Company ले गरेको हो ।
हाल नेपालमा क्यास्केड आयोजना मध्ये यो नमुना आयोजना रहेकोले जलविद्युत आयोजनाका विधार्थीहरुको लागि समेत अध्ययनका लागि उपयोगी देखिएको छ ।
यी दुबै आयोजनाहरू पुर्ण क्षमतामा सञ्चालनमा आएपश्चात वार्षिक १ अर्ब ८० करोड रूपैयाँको विद्युत विक्री आय आर्जन हुने छ । उत्पादित सम्पुर्ण विद्युत शक्ति ने.वि.प्रा. लार्इ एकमुष्ट रूपमा विक्री गरिने छ । यसका लागि कम्पनी र ने.वि.प्रा. बीच विद्युत खरिद विक्री सम्झौता सम्पन्न भै सकेको छ ।
आगामी केही वर्षहरूमा आर्जन गरिएको आय कर्मचारी सञ्चय कोषलार्इ कर्जा भुक्तानीमा उपयोग हुने भएतापनि तत्पश्चात कम्पनीले आफ्ना शेयरधनीलार्इ आकर्षित प्रतिफल दिन सक्ने देखिन्छ ।
विद्युत\ प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा स्थापना भएको सान्जेन जलविद्युत कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लि. को शेयर संरचनामा ३९.३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १०.३६ प्रतिशत, रसुवा जिल्लाका स्थानिय तहको १.२८ प्रतिशत, आयोजना प्रभावित जिल्लाका जिल्ला वासिको १० प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चय कर्ताको १९.५ प्रतिशत, संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीको ४ प्रतिशत र वाँकी १५ प्रतिशत सर्वसाधारणको हिस्सा रहेको छ ।
जलविद्युत् आयोजनाको संरचना निर्माण गर्दा क्षति भएकालाई क्षतिपूर्ति
चिलिमेका तीन जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपियो
साञ्जेन जलविद्युत्मा ५ अर्ब ऋण दिएको कर्मचारी सञ्चय कोषले ब्याज मात्रै ४ अर्ब असुल्यो
आजदेखि साञ्जेन जलविद्युत् (४२.५ मेगावाट) पूर्ण क्षमतामा सञ्चालन हुँदै
मनाङ-मर्स्याङ्दी जलविद्युत्मा १७ करोड ५२ लाख अमेरिकी डलर लगानी सम्झौता
आजको मौसम मुख्यतया सफा (२५ प्रतिशत आकाश बादलले ढाक्ने)