पर्यटकीयस्थल दोलालघाटमा तटबन्धको योजना बनाइँदै
जलसरोकार
काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित पर्यटकीयस्थल दोलालघाट क्षेत्रमा नदी कटान रोक्न तटबन्धको योजना निर्माण प्रक्रिया सुरु भएको छ ।
सुनकोसी र इन्द्रावती नदी कटानको जोखममा रहेको सो क्षेत्रमा तटबन्ध निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विनय पौडेलले बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको निर्देशनअनुसार दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि प्राविधिक नापजाँच गरी लागत अनुमानको प्रारम्भिक प्रक्रिया अघि बढाइएको बताए । लागत अनुमानसहितको विवरण पेस गरेर आगामी आर्थिक वर्षको योजनामा बजेटको सुनिश्चितता गरिने पौडेलको भनाइ छ ।
विसं २०७८ असारमा मेलम्चीबाट इन्द्रावती नदी हुँदै आएको बाढीले बस्ती कटान गरेपछि भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि स्थानीयले तटबन्ध निर्माणको माग गर्दै आएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिलेसमेत चाखोला तथा दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोसी नदीमा तटबन्ध गर्न प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसताका बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पाँच सय ५१ घर बगाएको थियो । त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचनामा क्षति पु¥याउनुका साथै पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो । बाढीले २६ जनाको ज्यान गएको थियो । दोलालघाटको पुल हुँदै चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जाने गरिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी