जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपालगञ्जमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

जलसरोकार
शुक्रबार, वैशाख ०७, २०८१ | १२:१७:४४ बजे

 

काठमाडौं– नेपालगन्जमा विद्युतीय सवारी साधनको लागि फास्ट चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क परिसर चार्जिङ स्टेशन सञ्चालनमा आएको हो । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजिवकुमार सिंहले उक्त चार्जिङ स्टेशनको उदघाटन गरेका छन् । चार्जिङ स्टेसन उद्घाटन गर्दे  नेपालगन्जका धेरै ठाउँमा आवश्यक रहेकोले त्यसका लागि विद्युत प्राधिकरण सहकार्य गर्नको लागि तयार रहेको बताए ।

चार्जिङ स्टेशनलाई प्राधिकरणले प्रवद्र्धन गर्ने विषयमा लगानीकर्ताले स्टेशन राख्न खोजेको खण्डमा विद्युतीय सामाग्री लगायत ट्रान्सफार्मर पु¥र्याइदिने प्राधिकरणको नीतिमा रहेको विद्युत वितरण केन्द्र नेपालगन्जका प्रमुख जगन्नाथ लामिछानेले बताए । उनले पेट्रोलियम गाडीलाई विस्थापित गरेर तराई क्षेत्रमा विद्युतीय गाडी सहज हुनेभएकोले सहरमा अझै थप चार्जिङ स्टेशन आवश्यक रहेको बताए ।

विद्युत खपत अभिवृद्धि तथा विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धनका क्रममा ६० किलोवाट क्षमता भएको चार्जिङ स्टेशन बसपार्क भित्र सञ्चालनमा ल्याइएको हो । वृद्धी एमएडब्लु र नेपालगन्ज वेस्र्टन अटो सेन्टरको लगातमा सजिलो र छिटो चार्ज गर्न सक्ने क्षमता भएको चार्जिङ स्टेशनले एकै पटकमा दुई वटा गाडीलाई चार्ज गर्न सक्छ ।

नेपालगन्जमा विद्युतीय सवारी साधन चार्ज गर्ने स्टेशन नहुँदा यसअघि विद्युतीय सवारी साधन चार्ज गर्न कोहलपुर जानुपर्ने बाध्यता रहेकोमा अब नेपालगन्जमै स्टेशन सञ्चालनमा आएकोले स्थानीयलाई सहज भएको अटो व्यवसायी विवेक कुमार श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : शुक्रबार, वैशाख ०७, २०८१ | १२:१७:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खबर