भूमि अध्यादेशको विपक्षमा मधेश केन्द्रित आठ दल
जलसरोकार
काठमाडौं: मधेश केन्द्रित आठ दलीय गठबन्धनले भूमि अध्यादेशले दूरगामी असर पर्ने बताएको छ ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले विज्ञप्ति निकालेर आठ दलीय गठबन्धन भूमि अध्यादेशको विपक्षमा रहेको बताएका छन् ।
‘...अध्यादेशहरू विशेषतः भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र २० % भन्दा बढी मुनाफा लिन बन्देज रहेको ऐनको प्रावधानलाई विस्थापित गरी सो प्रावधान हटाउने कार्य भएको अध्यादेशले देशव्यापी बहस तीव्र आलोचनाको केन्द्रविन्दु रहेको छ’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्फत अध्यक्ष त्रिपाठीले यी अध्यादेशहरुको व्यवस्थाप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले लिएको दृष्टिकोणको स्वागत गरेका छन् ।
जसपा नेपालको निर्णयले सार्वजनिक जग्गा, वनक्षेत्र, बुट्यान, हाट, हाटघाट, गौचर, बजार, राष्ट्रिय निकुञ्ज वा आरक्ष, मध्यवर्ती क्षेत्रको जग्गा, चुरे क्षेत्र को संरक्षण गर्न भूमिका खेल्ने विश्वास रहेको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार