हुलास स्टीलको बक्यौता १४ करोड १२ लाख
सर्वसाधरणलाई ४५० घण्टा लोडसेडिङ हुँदा हुलास स्टीललाई ४४८ घण्टा बिजुली


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले २०७२ साउनदेखि २०७५ चैतसम्म कुल ८ हजार १९ घण्टा लोडसेडिङ गर्यो, सर्वसाधारणका लागि ।
सामान्यतया महिनाको ३० दिनको हिसाबले एक महिनामा ७ सय २० घण्टा हुन्छ (२४ X ३०) ।
प्राधिकरणले २०७२ सालको साउन महिनामा सर्वसाधरणका घरमा ३ सय ५२ घण्टा लोडसेडिङ गर्यो । यो भनेको १४.६६ दिन हो । अर्थात् झन्डै आधा महिना अन्धकारमा बसे सर्वसाधरण ।
तर सोही वर्ष सोही महिनामा ट्रंक लाइनबाट बिजुली लिएको हुलास स्टीलले ३ सय ३८ घण्टा बिजुली पायो । यो भनेको साउनमहिना भर हुलास स्टीलले जम्मा १४ घण्टा मात्र लोडसेडिङमा बस्नु प¥यो ।
त्यसैगरी २०७२ भदौ महिनामा प्राधिकरणले नागरिकका घरमा ३ सय ४१ घण्टा लोडसेडिङ ग¥यो, तर हुलास स्टीललाई भने ३ सय २९ घण्टा बिजुली दियो । अर्थात् आम नागरिक महिनामा १४ दिन अन्धकारमा बसे, त्यो अन्धकार बसेबापत हुलासले १४ दिन लोडसेडिङमा बस्नु् परेन ।
२०७२ सालको चैत महिनामा प्राधिकरणले अन्य ग्राहकका लागि ४ सय ५० घण्टा लोडसेडिङ गर्यो, तर हुलास स्टीले ४ सय ४८ घण्टा बिजुली पायो । उक्त महिनाभरि हुलास स्टीलले जम्मा २ घण्टा मात्र लोडसेडिङमा बस्नुप¥यो ।
हुलासले सिमरास्थित ट्रंक लाइनबाट सिधै उद्योगमा बिजुली लिएको छ । एक सवस्टेशनदेखि अर्काे सवस्टेशनसम्म जाने तारको बीचबाट लिइएको बिजुलीको लाइनलाई ट्रंक लाइन भनिन्छ । यस्तो लाइनमा बिजुली आउने ग्यारेन्टी ९९.९९ प्रतिशत हुन्छ भने भोल्टेज (बिजुलीको गुणस्तर) पनि तोकिएबमोजिम नै हुन्छ ।
तर यही हुलास स्टीलले आम नागरिकलाई १८.६६ दिन अन्धकारमा राखेर लिएको बिजुली (उक्त चैत महिना) को पैसा तिरेको छैन ।
हुलासले प्राधिकरणलाई १४ करोड १२ लाख रुपैयाँ तिर्न बाँकी छ । हुलास लगायतका डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली खपत गरेका ५७ उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्म थपदस्तुर समेत ८ अर्ब ४ करोड ७४ लाख रुपैयाँ तिरेका छैनन् ।
प्राधिकरणले यो रकम उठाउन पटक–पटक प्रयास गर्दै गर्दा नेताहरुले रोक लगाउँदै आएका छन् ।
मुलुकमा चरम लोडसेडिङ भएका बेला हुलास स्टीलले कति घण्टासम्म बिजुली लिएको थियो भन्ने तलको विवरणबाट देखिन्छ:

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक