११ करोड लागतमा दूधमती नदी उत्खनन
जलसरोकार
जनकपुरधाम : ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमती नदीको उत्खनन तथा विकास निर्माण कार्य सुरु भएको छ । उक्त कार्य रु ११ करोड लागतमा सञ्चालन गरिएको हो ।
मधेस प्रदेश सरकारको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा नदी उत्खननसँगै विकास निर्माणका काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका निमित्त सचिव रामकुमार खंगका अनुसार पहिलो चरणमा धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म २९ किलोमिटर नदी बहाव क्षेत्रमा काम गरिनेछ ।
उनका अनुसार मन्त्रालयको ‘दूधमती नदी विकास कार्यक्रम’ अन्तर्गत नदीको सौन्दर्यकरण, घाट निर्माण तथा मर्मतसम्भार, बाँध निर्माण, सडक निर्माण तथा सिँचाइ सुविधा विस्तार लगायतका काम गरिनेछन् ।
मन्त्रालयका अनुसार दूधमती नदी उत्खनन तथा विकास निर्माणको ठेक्का वछालदेवी जेभी, काठमाडौँले पाएको छ । निर्माण कम्पनीले एक वर्षभित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उक्त कार्यक्रमका लागि मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको कार्यकालमा उत्खनन र अतिक्रमण हटाउने विषयमा बजेट विनियोजन भएको थियो । साथै तत्कालीन प्रदेशका पूर्व ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको विशेष पहल र सक्रियतामा बजेट सुनिश्चित भएको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता