पर्वतको थापाठानाका ६०० घरपरिवारलाई विद्युतीय चुलो वितरण
जलसरोकार
पर्वत – फलेवास नगरपालिका–२ थापाठानाका ६०० घरपरिवारलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गरिएको छ । प्रदूषणरहित भान्सा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएको हो । नियमित बसोबास रहेका सबै घरपरिवारलाई एकरएक थान इन्डक्सन वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको थियो । सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्सासहितको वडा घोषणासमेत गरिएको छ ।
वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुलो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए । चुलोसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको छ । वितरण गरिएका चुलो र भाँडाको मूल्य करिब ६० लाख रहेको कोइरालाले बताए ।
ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठले प्रदूषणमुक्त समाजका लागि विद्युतीय चुलोको भरपुर उपभोग गर्न आग्रह गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी