पर्वतको थापाठानाका ६०० घरपरिवारलाई विद्युतीय चुलो वितरण
जलसरोकार
पर्वत – फलेवास नगरपालिका–२ थापाठानाका ६०० घरपरिवारलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गरिएको छ । प्रदूषणरहित भान्सा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएको हो । नियमित बसोबास रहेका सबै घरपरिवारलाई एकरएक थान इन्डक्सन वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको थियो । सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्सासहितको वडा घोषणासमेत गरिएको छ ।
वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुलो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए । चुलोसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको छ । वितरण गरिएका चुलो र भाँडाको मूल्य करिब ६० लाख रहेको कोइरालाले बताए ।
ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठले प्रदूषणमुक्त समाजका लागि विद्युतीय चुलोको भरपुर उपभोग गर्न आग्रह गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी
-
यस्तो रहने छ आजको मौसम
-
ट्रंक तथा डेडिकेटेडको बक्यौता नउठाउन हितेन्द्रदेव शाक्यको पक्षमा सरकारलाई परमादेश
-
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता, महाकाली सिँचाइ र प्रसारण लाइन विस्तारमा छलफल